मनोरोगीहरू बढ्दैछन्,
दु:खका छायाँ गहिरिँदैछन्।
आफ्नै छायाँले तर्सिएर,
कति जीवन अस्ताउँदैछन्?

गाउँका पाटी–पौवा सुनसान,
शहरका गल्ली–चोक विरानो ।
मन थाम्न नसकी,
कसैले रुँदै बिदा माग्छ,
कसैले मौन विद्रोह गर्छ।

तर के हामी यसरी हेरेर बस्ने?
के देश रित्तिन दिने?
यो सगरमाथा उभिएको छ,
हामी किन लड्न सक्दैनौं?

समाधान छ, खोज्नुपर्छ,
बुझ्नुपर्छ, सुन्नुपर्छ।
बिरामी मनलाई मल्हम चाहिन्छ,
सुनुवाइ, साथ, सान्नियपन र सहजीकरण चाहिन्छ।

परिवारले अंगालो हाल्नुपर्छ,
समाजले मलामी अभिलेख राखेर गन्नुपर्छ।
प्रेम र सदभावले घृणा पगाल्नु पर्छ,
सपनाले हिम्मत जगाउनु पर्छ।

नयाँ सोचको बिहानी ल्याऔं,
आफ्नै घरबाट उज्यालो फैलाऔं।
देशलाई प्यारो बनाऔं,
शान्तीको सन्देशहरू फैलाऔ ।
पर्यटनको वर्षा देशभर गराऔ
यसरी, हराएको उज्यालो फर्काऔं!