काठमडौं । आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार प्रश्नपत्र छपाईको काम सकेर काठमाडौंमा बाहेक अन्य जिल्लाहरुमा प्रश्नपत्र गइसकेको छ ।
एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फार भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् ।
परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।