कसेनी, पाल्पा । माथागढी गाउँपालिकाको दिव्यज्योति माध्यमिक विद्यालय कसेनी पाल्पामा आधारभूत तह कक्षा १-३ मा विद्यार्थी मूल्यांकनका साधन प्रयोग, अभिलेखिकरण तथा प्रयोग सम्बन्धी प्रथम चरणको कार्यशाला सम्पन्न भएको छ ।
सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा शहजिकरण गरिएको कार्यशालामा विद्यार्थीहरुको मूल्यांकनका क्रममा प्रयोग गरिने साधन, यसका प्रक्रियाहरु तथा उक्त मूल्यांकको अभिलेख राख्ने विधिहरु लगायतको बारेमा सिकाईएको थियो ।

एक दिने उक्त कार्यशालामा शिक्षिका मेनका रानाले शहजिकरण गर्नु भएको प्रधानाध्यापक लोकन्द्र थापाले जानकारी दिनु भयो । कार्यशालापछि मूल्यांकन गर्ने र अभिलेखिकरण गर्ने सम्बन्धी सीप तथा प्रक्रिया र विधिहरुको बारेमा ज्ञान प्राप्त भएकोले आफुहरुमा आत्मविश्वास बढेको सहभागीहरुले बताएका थिए ।