तानसेन, पाल्पा । वजेटको अभाव भएपछि पाल्पा दरबार परिसरको मूल ढोकाको निर्माण कार्य रोकिएको छ ।
मूल ढोका निर्माण गर्न वजेट नहुँदा काम अगाडि बढ्न नसकेको पुरातत्त्व विभागले जनाएको छ। पुरातत्त्व विभागले जीर्ण मूल ढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
उक्त सम्झौतामा उल्लेख भएअनुसार ठेकेदारले काम सकेको जनाएको छ । पूरै काम गर्न वजेट नहुँदा समस्या भएकोले अर्को वर्ष मूल ढोकाको सबै काम गर्ने गरी वजेटको व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताउनुभयो ।
मूल ढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र श्रृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ । मूल ढोकाको बाँकी काम गर्न थप ५० लाख बढी थप वजेटको बिनियोजन गर्नुपर्ने आवश्यक रहेको बिभाग जनाएको छ।
तत्कालिन प्रधानमन्त्री जङ्बहादुर राणाका भाइ बद्रीनरसिंह कुँवर तानसेनमा तैनाथ रहँदा वि.स. १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए ।