१. नेपाल मुक्तक प्रष्ठिानको १२ औँ वार्षिकोत्सवका अवसरमा भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित सर्जक को हुन् ?
. मुक्तककार नन्द हाङ्खिम (पुरस्कार राशि) रु. ५१ हजार
– त्यसै गरी कृष्णरत्न चेतन मुक्तक पुरस्कार ९राशिः रु। ३१ हजार० खगेन्द्र गिरी ‘कोपिला’ लाई प्रदान गरिएको ।
२. भारत सरकारद्वारा सन् २०२५ मा प्रदान गरिने प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
. साहित्यकार गीता उपाध्याय ९आसाम० र लोक कलाकार नरेन गुरुङ ९सिक्किम०
– दुई जना नेपालीभाषीलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूद्वारा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा सो पुरस्कार प्रदान गरिएको ।
३. राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १० औँ राष्ट्रिय खेलकुदका लागि तोकेको नयाँ मिति कुन हो ?
. विसं २०८२ जेठ ३–१०, कर्णाली प्रदेश
– राष्ट्रिय खेलकुद परिषद्को फागुन १५ को बोर्ड बैठकले सो मिति तोकेको ।
– यसअघि राखेपले १० औँ राष्ट्रिय खेलकुद २०८१ चैत्र २३–३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
– फागुन १५ मा भएको राखेपको १२१ औँ बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ जेठ १७–२१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
४. अङ्ग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषाको मान्यता कहिले प्रदान गरिएको हो ?
.सन् २०२५ मार्च १
– आधिकारिक भाषाको मान्यता दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मार्च १ मा हस्ताक्षर गरेका हुन् ।
– अमेरिकाको इतिहासमा पहिलो पटक कुनै एक भाषालाई राज्यको आधिकारिक भाषाको मान्यता दिइएको हो ।
– अङ्ग्रेजीबाहेक अन्य भाषामा कागजात र सेवा प्रदान गर्न पूर्णत स् रोक भने नलगाइएको ह्वाइट हाउसले जनाएको छ ।
– राष्ट्रिय भाषाका रूपमा अङ्ग्रेजीलाई घोषणा गरिनुले राष्ट्रिय एकता बलियो बन्ने र साझा संस्कृतिलाई बढावा पुग्ने ह्वाइट हाउसले दाबी गरेको छ ।
– अमेरिकी जनगणना ब्युरोको तथ्याङ्क अनुसार अमेरिकामा ३५० भन्दा बढी भाषा बोलिन्छ ।
– ब्युरोको तथ्याङ्क अनुसार झन्डै ७८ प्रतिशतले घरमा प्राथमिक भाषाका रूपमा अङ्ग्रेजी बोल्ने गर्छन् ।
– राष्ट्रपति ट्रम्पको यो कदमले सन् २००० मा पूर्व राष्ट्रपति बिल क्लिन्टनले गैरअङ्ग्रेजी भाषीलाई भाषा सहायता प्रदान गर्न सङ्घीय एजेन्सी र सङ्घीय अनुदानप्राप्त कर्तालाई आवश्यक पर्ने कागजात विभिन्न भाषामा तयार पार्न गरेको व्यवस्थालाई खारेज गरेको हो ।
– अमेरिकाका ३० राज्यले अङ्ग्रेजीलाई आफ्नो आधिकारिक भाषा घोषणा गरिसकेका छन् ।
५. नेपाली आकाशमा ६ वटा ग्रह एक साथ कहिले देखिए ?
. विसं २०८१ माघ १४ ९सन् २०२५ जनवरी २७०
– नेपाली आकाशमा छ वटा ग्रह एउटै लाइनमा लस्करै देखिएका ।
– चार वटा ग्रह ९शुक्र, मङ्गल, बृहस्पति र शनि० नाँगो आँखाले पनि देख्न (सूर्यको प्रकाशको परावर्तनले गर्दा) सकिएको र दुई वटा ग्रह अरूण र बरुण टेलिस्कोपबाट देख्न सकिएको ।
– उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिएको ।
– कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले माघ १४ गते साँझ ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपबाट ती ६ वटा ग्रहलाई देखाएको थियो ।
६. ९७ औँ संस्करणको ओस्कार अवार्ड ९२०२५० मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ?
.अनोरा
– अमेरिकाको लस एन्जलसमा सम्पन्न ओस्कार अवार्ड समारोहमा यस वर्ष यौनकर्मीको कथामा आधारित चलचित्र अनोराले उत्कृष्ट चलचित्रसहित पाँच विधामा अवार्ड जितेको ।
– ओस्कार अवार्ड २०२५ को मनोनयनका लागि नेपालबाट चलचित्र ‘शाम्बाला’ छनोट भएको थियो ।
ओस्कार अवार्ड विजेता विधा एवं कलाकार :
– उत्कृष्ट चलचित्र : अनोरा
– उत्कृष्ट अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटालिस्ट)
– उत्कृष्ट अभिनेतृ : मिकी म्याडिसन (अनोरा)
– उत्कृष्ट सह–अभिनेता : केरन कुल्किन (अ रियल पेन)
– उत्कृष्ट सह–अभिनेतृ : जोई साल्डाना (एमिलिया पेरेज)
– उत्कृष्ट निर्देशक : सिन बेकर (अनोरा)
– उत्कृष्ट छायाङ्कन : लोल क्रली (द ब्रुटालिस्ट)
– उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर अवार्ड : आई एम स्टिल हियर (ब्राजिलियन चलचित्र)
– उत्कृष्ट ध्वनि : ड्युन : पार्ट टु
– उत्कृष्ट दृष्य प्रभाव : ड्युन : पार्ट टु
– उत्कृष्ट सर्ट फिल्म अवार्ड स् आई एम नट अ रोबोट ९डच एआई फिल्म०
– उत्कृष्ट मौलिक गीत स् एल माल ९चलचित्र स् एमिलिया पेरेज०
– उत्कृष्ट निर्माण डिजाइन स् विक्ड
– उत्कृष्ट मौलिक कथा स् एनोरा
– उत्कृष्ट सम्पादन स् सिन बेकर ९एनोरा०
– उत्कृष्ट डकुमेन्ट्री फिचर स् नो अदर ल्यान्ड
– उत्कृष्ट एनिमेटेड फिचर फिल्म स् फ्लो
– उत्कृष्ट एनिमेटेड सर्ट फिल्म स् सिरिन सोहानी, होसेन मोलायमी ९चलचित्र स् इन द स्याडो अफ द साइप्रस०
– उत्कृष्ट कस्ट्युम डिजाइन स् पल टेजवेल ९विक्ड०
– उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म स् मोली ओ ब्रिन र लिसा रेमिङ्टन ९द ओन्ली गर्ल इन द अर्केस्ट्रा०
– उत्कृष्ट मेकअप एन्ड हेयरस्टाइलिङ स् द सब्सटेन्स
– उत्कृष्ट म्युजिक ९ओरिजिनल स्कोर० स् डेनियल ब्लुमबर्ग ९द ब्रुटालिस्ट०
७.सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?
.मन्त्रीपरिषद्
८. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?
. जेरेन्टोलोजी
९. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
.प्याङ्क्रियाज
१०. राजमाता वसन्तावतीले कुन नदीको किनारमा दुधको धारा बगाई सन्धि गराएकी थिइन् ?
. चेपे नदी