पूर्वखोला, पाल्पा । हुमिन-रिङ्नेरह-ज्यामिरे सडक अन्तर्गत पर्ने सिमल्दी खोला पुल र रकम खोला पुलको लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले शिलान्यास गर्नु भएको छ ।

शिलाल्यास कार्यक्रममा बोल्नु हुदै मन्त्री ढकालले पुल निर्माणले यहाँकोयातालाई थप सहज बनाउने बताउनु भयो । उहाँले यातायातको पूर्वाधार निर्माणले स्थानीय जनताको दैनिकीमा र आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंक खनालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारू, संघिय सांसद नारायण प्रसाद आचार्य, प्रदेश सांसद राजु श्रेष्ठ, पालिका अध्यक्ष नुन बहादुर थापा, मुक्त बहादुर सारू, दुर्गा बोहोरा र सुमन पन्थ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेयको स्वागत तथा गाउँपालिका नि.प्रमुख प्रशासकिय अधिकृत बिनोद नेपालको संचालनमा सम्पन्न भएको हो ।

सिमल्दी खोलामा बन्ने पुलको संझौता २०८२ साल कार्तिक १ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरि २०८१ श्रावण २ गते ठेकेदारसँग संझौता गरिएको छ । पुलको कुल लम्बाई १६ मिटर र चौडाई १० मिटर रहने उक्त पुल निमार्णको लागि ३ करोड ७५ लाख ४१ हजार ९ सय ७४ रुपैयाँमा संझोता भएको छ । यस्तै २०८३ सालको २३ गते निर्माण सम्पन्न गर्ने गरि २०८१ असार २४ गते संझोता गरिएको रकम खोला पुलको संझोता रकम ६ करोड ८ लाख ९ हजार ९ रुपैयाँ रहेको छ । यो पुलको कुल लम्बाई २६ मिटर रहने छ भने चौडाई १० मिटरको रहनेछ ।