काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले क्याम्पस र कलेज निर्वाचन समितिहरूलाई १३ बुँदे निर्देशन जारी गरेको छ।
त्रिविका केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले आगामी स्ववियु निर्वाचन ५ चैतका लागि निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको हो।
त्रिविले जारी गरेको १३ बुँदे निर्देशन :
१. क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ। साथै विशेष आवश्यकताका आधारमा अन्य समिति पनि गठन गर्न सकिनेछ।
२. संघ संगठन समूह दर्ता फारम, एजेन्ट संख्या, उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढाँचा लगायत आवश्यक फारमहरू क्याम्पसरकलेज निर्वाचन समितिले तयार गर्नेछ।
३. स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फ भाग लिने “समूह” भन्नाले मतदाता सूचीमा नाम भएका विद्यार्थीहरू मध्येबाट एकजना संयोजक सहित कम्तिमा ११ जना सदस्य रहेको “समूह” बनाउनु पर्नेछ र उक्त समूहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्नेछ।
४. क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत वा निर्वाचन समितिको सदस्य सचिव रहने व्यवस्थाको रूपमा स्पष्ट गरिएको छ। क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरू मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्नेछन्।
५. क्याम्पस कलेजमा स्नातक तह वार्षिक प्रणाली अन्तर्गत पहिलो वर्ष र सेमेस्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ।
६. क्याम्पसरकलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह पहिलो सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ।
७. क्याम्पस कलेजमा स्नातक तह वार्षिक र सेमेस्टर प्रणाली अन्तर्गत दोस्रो, तेस्रो सेमेस्टर र वर्षमा भर्नाको सन्दर्भमा ५ दिन अगाडि सम्मको भर्ना तोकिएकोमा उक्त दिन सार्वजनिक विदा परेमा क्याम्पसरकलेज खुलेको दिनलाई बुझ्नु पर्नेछ।
८. डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०५१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बीचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरू सोही वर्ष र सेमेस्टरका मतदाता को रूपमा रहनेछन्।
९. त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धि निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधि सम्बन्धि व्यवस्थाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुँदा ९घ० आकर्षित हुनेछ।
१०. त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको मताधिकार कुनै एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाको लागि मात्र हुनेछ।
११. वार्षिकरसेमेस्टर प्रणाली अन्तर्गत अन्तिम वर्ष सेमेस्टरमा यदि सैद्धान्तिक विषय नभएको अवस्थामा उक्त वार्षिकरसेमेस्टरको अवधि साधारणतया एक वर्ष र छ महिनाको हुने भएकोले अन्तिम वर्ष सेमेस्टर भन्नाले उक्त वर्ष सेमेस्टर भन्दा अघिल्लो वर्ष सेमेस्टरको परीक्षा सकिएको दिनदेखि एक वर्ष छ महिनाको अवधिसम्म मात्र मताधिकार रहने छ।
१२. निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बर बुँदाको कार्यक्रम यथावत हुनेगरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्नेछ।
१३. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दिन क्याम्पसरकलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको छ।
यसरी, त्रिभुवन विश्वविद्यालयले आगामी स्ववियु निर्वाचनको प्रक्रिया सुसंगत र पारदर्शी बनाउनका लागि विभिन्न निर्देशनहरू जारी गरेको छ।