डिलबहादुर खन्गाहा
झिरुबास, पाल्पा । जनक माध्यमिक विद्यालय निस्दी ३ झिरुबास पाल्पाको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि झिरुवासका वडाध्यक्ष नबिन्द्र थापा सोतीले विद्यालयले गरेको शैक्षिक तथा भौतिक प्रगतिको प्रशंसा गर्नुभएको थियो। उहाँले निस्दीले शैक्षिक उपलब्धि वृद्धि र शैक्षिक बिकासका लागि महत्त्वका साथ योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यपालिका सदस्य देबीसरा सोमैले भौतिक बिकासलाई मात्र बिकास भएको मान्न नसकिने बताउनु हुँदै शैक्षिक बिकासले समाज परिवर्तनमा टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा मुना प्राथमिक विद्यालयका प्रधानाध्यापक सुनिल ढेंगा, आर्थिक संयोजक कुशल सिङ ढेंगा, समाजसेवी वीर बहादुर पाटा लगायतले विद्यालयको प्रगतिको कामना गर्दै मन्तव्य राख्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक भोम बहादुर थापाले विद्यालयको शैक्षिक तथा आर्थिक प्रगति बारे जानकारी दिनु हुँदै आर्थिक वर्ष २०७९/०८० सालको करीव ८३ लाख २३ हजार बराबरको आम्दानी तथा खर्च सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरुबाट सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर पाटा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विद्यालयका शिक्षक रेवनसिं सोतीले स्वागत तथा शिक्षिका लोकमाया थापाले सञ्चालन गर्नु भएको थियो ।