बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहित्य क्षेत्र समाजको ऐना भएकोले साहित्यक कलमको माध्यमबाट विकृति, विसंगतिका बिरुद्ध खबरदारी गर्दै खोज अनुसन्धानको क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताउनु भएको छ।
लुम्बिनी प्रदेश ब्याङ्मय प्रतिष्ठान नेपालको चौथो अधिवेशन तथा आठौं साधारणसभाको बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश मौलिक भाषा, कला, संस्कृति, सभ्यताको उर्वर भूमि भएको चर्चा गर्नु भयो । उहाँले सबै भाषा, कला,संस्कृति तथा सम्भयताको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारले प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएको, विधेक तर्जुमा निर्माणको काम भइरहेको जानकारी दिनुभयो । भाषा, साहित्य, कला, संस्कृति लगायत सम्पदाअरुको अध्ययन अनुसन्धान अघि बढाउन प्रज्ञाप्रतिष्ठान गठन गर्न थालिएको बताउदै उहाँले प्रज्ञाप्रतिष्ठान गठनको लागि मस्यौदा तयार भएको र मन्त्रीपरिषद् बैठकबाट सैद्धान्तिक सहमति दिएको उल्लेख गर्नु भयो ।
बर्खे अधिवेशनमा प्रज्ञाप्रतिष्ठान पारित हुन्छझउहाँले भन्नुभयो(ञअर्थ र सामाजिक विकास मन्त्रालयबाट पनि सहमति लिने काम अघि बढेको छ । अव असार महिना सम्म नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानको भण्डार भएको समेत बताउनु भयो । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेको धारणा राख्नु भयो । मुलुकको धर्म, संस्कृति र राष्ट्रियता जोगाउन कलमको माध्यमबाट योगदान पुर्याएको भन्दै योगदानको उच्च कदर गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष ऋषि आजादको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष आजादले भाषिक नीति, अनेकतामा एकता अवलम्बन गरुको, नेपालीय भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैको प्राथमिकमा पर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्कृति रत्न सम्मानबाट डाक्टर गितु गिरी, डाक्टर हरिप्रसाद तिमिल्सिना, डाक्टर गोविन्द आचार्यलाई सम्मान गरिएको छ । यस्तै शीत काव्य रत्न सम्मान कृष्णप्रसाद केसीलार्ई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।