प्रेमबहादुर बाकबल
सहलकोट, पाल्पा । बालहित माद्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाले आफ्नो ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
वार्षिकोत्सब समारोहका प्रमुख अतिथि निस्दि २ सहलकोटका वडाध्यक्ष फत्ते सिंह दर्लामीले अहिलेको समय प्रतिस्पर्धाको समय रहेकोले आफुलाई बिकाउन सकेमात्र भविष्य उज्ज्वल हुने र यसका लागि आफ्नो लक्ष्य स्पष्ट गरि मिहेनतका साथ पढ्नुपर्ने बताउनु भयो । यसैगरी उहाँले विद्यालयको चौतर्फी विकासका लागि आफुले सकेको सहयोगगर्न कहिल्यै पछि नहट्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि निस्दी गाउँ पालिका शिक्षा शाखा प्रमुख नर बहादुर थापाले पढाई जीवनको मुख्य हतियार रहेकोेले पढ्नु पहिलो कर्तव्य भएको बताउनु भयो। खेलकुद, नाचगान, रंगरमाइलो अर्को पाटो रहेकेले ती चिज अनिवार्य नरहेको समेत उल्लेख गर्नु भयो । विद्यालयको सिकाई उपलब्धि वृद्धि गरि विद्यार्थी टिकाउन सरोकारवाला पक्षले तनमनबाटै प्रयत्न गर्नुपर्ने पनि उल्लेख गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक नवल सिं बिरकट्टाले १ करोड १७ लाख ९० हजार ६८९ बराबरको आयव्यय विवरण सहित विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । यसै अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ छात्रवृत्ति, शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाइ पुरस्कार, छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विभिन्न विधामा बिजेता विद्यार्थीहरुलाइ पुरस्कार प्रदान समेत गरेको थियोे । साथै ५६ औं वार्षिकोत्सबको अवसरमा सन्चालन गरेको विभिन्न खेलकुदमा बिजेता विद्यार्थीहरुलाइ समेत पुरस्कार प्रदान गरेको थियो ।
वार्षिकोत्सबको अवसर पारी उत्कृष्ट विद्यार्थीहरु बिकास उचै र विमला गाहा, उत्कृष्ट अभिभावक गौमाया राना र पुन बहादुर सारु, उत्कृष्ट शिक्षकहरु शंकर सुनार र विष्णु बहादुर थापालाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।

भाङ्गबारी प्रावि का प्रधानाध्यापक हिरा बहादुर राना, बालज्योती प्राविका प्रधानाध्यापक रोशन सिं सारु, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष पुन बहादुर सारु, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्षद्वय तिलविर राना र नरराम राना तथा वडा सदस्य बोम कुमरी दमै लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले साङ्गेतिक कार्यक्रम राखी मनोरञ्जन प्रदान गरेका थिए । शिक्षक मनिसा रानाको स्वागत, तथा शिक्षक खुमबहादुर रानाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुम बहादुर रानाले गर्नु भएको थियो ।