देवीनगर, पाल्पा । भिमसेन प्रा वि पूर्वखोला ४ देवीनगर पाल्पाको ६५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि देवीनगर वडाका वडाध्यक्ष मेहरसिं थापाले भिमसेन प्राविले शैक्षणिक सुधार र प्रगति गर्दै गएको उल्लेख गर्दै विद्यालय सञ्चालनमा शिक्षक अभिभावक र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । यस्तै विशिस्ट अतिथि विद्यालयका अक्षयकोष दाता रिम प्रसाद श्रेष्ठले भिमसेन प्राविले ६५ वर्षको गौरवमय ईतिहास निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा मातृभुमी माविका सहायक प्रअ यम बहादुर खत्री, अक्षयकोष दाता एवम् विव्यसका अध्यक्ष खेम बराल र सदस्य शुशिला बराल लगायतले विद्यालयलाई शुभकामना दिनु भएको थियो ।

विद्यालयमा ८ जना शिक्षाप्रेमीहरुले अक्षयकोष स्थापना एवम पूरानो अक्षयकोषमा रकम थप गर्नुभएको छ । अक्षयकोष दाता खुम प्रसाद श्रेष्ठ (सुरेन्द्र) ले १५ हजार अक्षयकोषमा १० हजार थपेर २५ हजार, भिमलाल बिश्वकर्माले आफ्ना स्वर्गीय माता पिता हिरादेवी बिश्वकर्मा र उज्वरसिं बिश्वकर्माको स्मृतिमा १० हजार तथा शेर बहादुर गाहाले ३ हजार थपेर ५ हजारको अक्षयकोष स्थापना गर्नु भयो ।

यस्तै यस विद्यालयका पूर्व प्रअ पूर्वखोला ४ मुन्टुङ्ग हाल खैरेनी निवासी टोप प्रसाद श्रेष्ठबाट ५ हजार, शान्ति श्रेष्ठ पूर्वखोला ४ मुन्टुङ्ग हाल गुल्मीबाट आफ्ना मातापिता रेउ कुमारी श्रेष्ठ र खोप नारायण श्रेष्ठको स्मृतिमा ५ हजार, विव्यस सदस्य खेम बरालबाट ५ हजार, अभिभावक तथा शिक्षक अभिभावक संघ सदस्य चोली गाहाबाट ५ हजारको तथा यस विद्यालयका पुर्व शिक्षक टकी सरा कवरबाट ५ हजार रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेर विद्यालयको शैक्षिक सुधारमा सहयोग र सहकार्य गर्नु भएको छ ।

विद्यालयका प्रअ राधा सिकेले विद्यालयको प्रगति र आर्थिक प्रतिबेदन सुनाउनु भएको कार्यक्रममा अक्षयकोष दाताहरु तथा बर्ष शिक्षकको रुपमा बिष्णु माया घर्तीलाई सम्मान समेत गरिएको थियो । विव्यसका अध्यक्ष शेर बहादुर गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक बिष्णुमाया बारघरेले गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक बिष्णुमाया घर्तिले गर्नु भएको थियो।