विष्णु जि.सी.
सिलुवा, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवामा सञ्चालित तीन दिने हेफर आधारशिला तालिम सम्पन्नभएको छ । सिलुवाका युवा उद्यमीहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त तालिममा सिलुवाका १४ जना युवा उद्यमीहरु सहभागी भएका थिए ।

परियोजना व्यवसाय विकास सहजकर्ता रविन्द्र पंगेनी र सामुदायिक सहजकर्ता थान बहादुर चिदीले शहजिकरण गर्नु भएको तालिममा उत्तरदायित्व र जिम्मेवारी, दीगोपन र आत्म निर्भर हुने सीप, उपलब्ध स्रोत साधनको उचित व्यवस्थापन तथा नेतृत्व शैली लगायतका १२ वटा आधारशिलाका सिद्धान्त सीपहरुको बारेमा सिकाईएको थियो ।

तालिम पश्चात सहभागीहरुले तालिममा सिककेका सीप र ज्ञानहरु व्यवहारमा उतारी आर्थिक उपार्जनमा अघि बढ्न आफुहरुलाई सहयोग पुग्नेबताएकाथिए । यस्तै वडाध्यक्ष गिरिमान आलेले तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न सवैलाई आग्रह गर्नु भयो ।

भोकालाई एक छाक खाना होइन, जिउने जुक्ति सिकाउ भन्ने नारा रहेको हेफर प्रोजेक्ट्को साझेदारी कार्यक्रम अन्तर्गत पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रको सहजिकरणमा तालिम आयोजना गरिएको हो ।