पिआर थापा
कारिकोट, स्याङ्जा । जनहित माध्यामिक विद्यालय कालिगण्डकी गाउँपालिका १ कारिकोट स्याङ्जाको ६६ औ वार्षिकोत्सव तथा अभिभाबक दिवस समारोह विविध कार्यक्रमहरुको आयोजना गरि सम्पन्न भएको छ ।

समारोहका प्रमुख अतिथि गाउँपालिका राष्ट्रीय महासंघका महासचिव तथा कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाले शिक्षामा सबै भन्दा महत्वपूर्ण भुमिका शिक्षक र अभिभाबकको हुने बताउदै विद्यार्थीहरुको भविश्य निमार्णमा शिक्षक अभिभावको जिम्मेवारी र दायित्व प्रमुख रहने बताउनु भयो ।

उहाँले वर्तमान समयानुकुल तथा देशको माटो सुहाउदो जनशक्ती उत्पादन गर्न पालिकाले आफ्नो तर्फबाट योजनाबद्ध रुपले योजनाहरु बनाएर अघि बढिरहेको बताउनु भयो । समारोहमा विशिष्ट अतिथि कालिगण्डकी गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर १ का वडाध्यक्ष कृष्ण बहादुर लामिछाने, वडा नम्बर ४ का वडाध्यक्ष यादब प्रसाद पाण्डेय, ध्रुबज्योती मा.वि.का प्रधानाध्यापक तथा शिक्षा समिती सदस्य हिरा बहादुर गाहा र आदर्श मा.वि.का प्रधानाध्यापक भिम बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक केसर बहादुर क्षेत्रीले १ करोड १० लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै ५५ लाख बढिको आन्तरिको कोष समेत परिचालन गरिएको जानकारी दिनु भयो। वार्षिकोत्सव समारेहमै विभिन्न अक्षकोषबाट प्राप्त व्याज रकमले विद्यार्थीहरुलाई छात्रबृती तथा पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयकी पुर्ब विद्यार्थी राष्ट्रीय लोकगायिका पुस्पा रानाले सांगितिक प्रस्तुती गर्नु भएको थियो भने विद्यार्थिहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्षा बेग प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षकहरु पशुपती पाण्डेय र यज्ञ प्रसाद न्यौपानेले गर्नुभएको थियो ।