१. हेन्ली पासपोर्ट इन्डेक्स–२०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
.१०१ औँ
– हेन्लीले सार्वजनिक गरेको सन् २०२५ को पासपोर्ट इन्डेक्सको विश्व वरीयताको शीर्ष स्थानमा सिङ्गापुर रहेको ।
– फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, स्पेन, अस्ट्रिया, शीर्ष तीनको सूचीमा रहेका ।

२. नेपालको कूटनीतिक इतिहासमा पहिलो महिला राजदूतको पहिचान बनाउन सफल व्यक्तित्व विन्देश्वरी शाहको निधन कहिले भएको हो ?
.विसं २०८१ पुस १८
– भारतीय नाकाबन्दीका बेला दिल्लीमा नेपाली राजदूत रहेकी शाहले कुशलतापूर्वक भारतसँग सम्बन्ध सञ्चालन गरेको कूटनीतिज्ञको भनाइ रहेको ।
– २०१५ सालमा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी शाह नेपालको परराष्ट्र सेवाकी प्रथम महिला अधिकृत हुँदै ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यबाहक राजदूत भएकी । २०४४ सालमा उनी भारतका लागि राजदूत नियुक्त भएकी । उनी चर्चित बैङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।

३. बालगायक सचिन परियारको निधन कहिले भएको हो ?
.विसं २०८१ पुस १८
– आफ्नै मौलिकपनले सामाजिक सञ्जालमा भाइरल भएका सचिनले दोहोरी गीत गाएर साथै मिठो शैलीमा कुरा गरेर सबैलाई मन्त्रमुग्ध पार्थे,
– ओठ खोलेर, रातो रबर एक, रुमाल खस्छ कि, के छ र हजुर, वरको छायाले लगायत गीत गाएका सचिनले म्युजिक भिडियो र हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा अभिनय गरेका ।

४. नेपालमा पहिलो पटक कुन वर्षलाई पर्यटन वर्षका रूपमा मनाइयो ?
.सन् १९९८
– सरकारले २०२५–२०३५ लाई पर्यटन दशकका रूपमा मनाउने तयारी गरेको ।

५. अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कारबाट सम्मानित (विसं २०८१ पुस) व्यक्तित्व को हुन् ?
. दीपक विश्वकर्मा ९उपप्रमुख स् निलकण्ठ नपा, धादिङ०
– भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनमा उनलाई सो पुरस्कार प्रदान गरिएको ।

६. नेपाल पत्रकार महासङ्घको झन्डै सात दशकको इतिहासमा पहिलो पटक अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी को हुन् ?
. वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा
– महासङ्घको २०८१ मङ्सिर २८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको ।
– महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको ।
– महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका ।

७. १८ वर्षको उमेरमै विश्व चेस च्याम्पियनासिपको उपाधि जित्दै नयाँ कीर्तिमान कायम गर्ने किशोर खेलाडी को हुन् ?
. गुकेश डोम्माराज ९भारत०
– सन् २०२४ डिसेम्बरमा सिङ्गापुरमा भएको प्रतियोगितामा उनले सो उपाधि जितेका ।
– सन् २००६ को मेमा जन्मिएका गुकेश अहिलेसम्मको सबैभन्दा कान्छो चेस विश्वविजेता हुन् । यसअघि सन् १९८५ मा मस्कोमा अनातोली कार्पोभलाई हराएर कान्छो चेस विश्वविजेता बनेका २२ वर्षीय गेरी कास्पारोभको रेकर्डलाई तोड्दै उनले कीर्तिमान कायम गरेका ।
– गुकेशले २५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेका ।
– गुकेशले सन् २०१९ जनवरी १५ मा १२ वर्ष ७ महिना १७ दिनको उमेरमा सबैभन्दा कम उमेरमा ग्रान्डमास्टर बन्ने दोस्रो खेलाडी बनेका । उनीभन्दा अघि यस्तो इतिहास रच्ने रसियाका सर्गेई कार्जाकिन हुन् ।

८. दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ ९गहिरो खोतल्ने० कार्य कहिले सम्पन्न भएको छ ?
. विसं २०८१ पुस १७
– विसं २०८१ वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङ कार्य पुस १७ मा सकिएको खानी तथा भूगर्भ विभागले जनाएको ।
– पेट्रोलियम अन्वेषणका निम्ति ड्रिलिङ सम्पन्न गरी नमुना सङ्कलन गरिएको ।
– दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा चार हजार दुई मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना निकालिएको ।
– ड्रिलिङ गरिएको स्थानमा प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिएको । अब चीनमा गरिने परीक्षणबाट त्यो भण्डार कति व्यापक छ र व्यावसायिक उत्पादनको सम्भावना भए नभएको पत्ता लाग्ने ।
– खानी तथा भूगर्भ विभाग, चाइना जिओलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ड्रिलिङ गरेका ।

९. सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या कति प्रतिशतले वृद्धि भएको छ ?
. १३ प्रतिशत

१०. अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिस्कोमा सम्पन्न गोल्डन चलचित्र अवार्ड २०२४ मा लाइफटाइम अचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ?
. अभिनेता शिव श्रेष्ठ
– उत्कृष्ट चलचित्र : पुजार सार्की
– उत्कृष्ट अभिनेता : अनमोल केसी (चलचित्र : फर्की फर्की)
– उत्कृष्ट अभिनेतृ  : आँचल शर्मा (चलचित्र : डिग्री माइला)
– उत्कृष्ट निर्देशक : दिनेश राउत (चलचित्र : पुजार सार्की)
– पपुलर अभिनेता : प्रदीप खड्का
– पपुलर अभिनेतृ : केकी अधिकारी
– उत्कृष्ट लेखक : दीपेन्द्र लामा (चलचित्र स् नाङ्गो गाउँ)
– उत्कृष्ट छायाकार : आलोक शुक्ला (चलचित्र स् नाङ्गो गाउँ)
– उत्कृष्ट गायक : एसडी योगी (चलचित्र : नाङ्गो गाउँं, सुन सुन सुन्दरी गीतबाट ।)
– उत्कृष्ट गायिका : समीक्षा अधिकारी (चलचित्र : बोक्सीको घर, बुझिनँ मैले गीतबाट)
– उत्कृष्ट सङ्गीतकार :प्रकाश सपुत
– उत्कृष्ट सहअभिनेता : प्रमोद अग्रहरि (चलचित्र :अगस्त्य)
– उत्कृष्ट सहअभिनेतृ : वर्षा शिवाकोटी (चलचित्र : परदेश)
– उत्कृष्ट सम्पादक : मित्र गुरुङ (चलचित्र : उपहार)
– क्रिटिक्स च्वाइस अवार्ड : गाउँ आएको बाटो
– जुरी अवार्ड : बोक्सीको घर
– क्यालिफोर्निया जस्तो महँगो सहरमा नेपाली कलाकर्मी लगेर अवार्ड गर्नु गौरवको कुरा भएको साथै यस खालको सहागितामूलक अवार्डले नेपाली फिल्मको बजार, प्रभाव र आकर्षण विस्तार हुने विश्वास लिइएको ।