सिलुवा, पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाले सिलुवामा रहेका तीनवटा विद्यालयका ४० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर विरण गरेको छ ।
पालिकाले पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवाको अकला आधारभूत विद्यालयका २० जना, जनजागृति प्राथमिक विद्यालयका १० जना र पुष्प स्मृति प्राथमिक विद्यालयका १० जना विद्यार्थीहरुलाई उक्त न्यानो स्वीटर वितरण गरेको हो । न्यानो स्वीटर वितरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष नुन बहादुर थापाले जाडोयाम बढेसँगै विद्याथीहरुलाई चिसोबाट जोगाउन स्वीटर वितरण गरेको उल्लेख गर्नु भयो । उहाँले पालिकाको बार्षिक कार्यक्रम अनुसार यसरी न्यानो स्वीटर वितरण गरिएको जानकारी दिनु भयो ।

पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले यस प्रकारको सहयोग सानो भएपनि विद्यार्थीहरुलाई चिसोबाट जोगाउन तथा विद्यार्थीहरुको पढाईमा सहयोग गर्न महत्वपूर्ण भूमिका पुग्ने बताउनु भयो । आफ्नो विद्यालयलाई छनौट गरी विद्यार्थीहरुलाई न्यानो स्वीटर प्रदान गरेको भन्दै विद्यालयहरुले पालिकाकालाई धन्यबाद दिएका थिए भने स्वीटर पाएर विद्यार्थीहरु खुशी भएका थिए ।
