१.घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल टिम कुन हो ?
.जनकपुर बोल्ट्स
–त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएर एनपिएलको पहिलो च्याम्पियन बनेको ।
–च्याम्पियन जनकपुर बोल्ट्सले ट्रफीसँगै एक करोड १० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको ।
–टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रनको स्कोर तयार पारेको थियो ।
–लाहिरु मिलान्थाले ४९ बलमा सर्वाधिक ८७ रनको विस्फोटक पाली खेलेपछि जनकपुरले चार बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १८५ रन बनाएर लक्ष्य हासिल गरेको
–कसले के पुरस्कार पाए ?
विजेता (जनकपुर बोल्ट्स) : एक करोड १० लाख
उपविजेता (सुदूरपश्चिम रोयल्स) : ५१ लाख
तेस्रो (कर्णाली याक्स) : २५ लाख
चौथो (चितवन राइनोज) : १५ लाख
– कसले के पाए ?
दीपेन्द्र सिंह ऐरी : ओमोडा इभी कार
ललित राजवंशी : छ लाख रुपियाँ र मोटरसाइकल
सैफ अली जैब : पाँच लाख
विपिन शर्मा : ५० हजार नगद र १० लाख बराबरको छात्रवृत्ति ।
२. सिरियामा सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा कसलाई चयन गरियो ?
.मोहम्मद अल बसिर (सन् २०२४ डिसेम्बर १०)
–बसरलाई अपदस्थ गर्न प्रमुख भूमिका खेलेको इस्लामिक समूह हयात तहरिर अल साम (एचटिएस) ले बसिरलाई सङ्क्रमणकालीन सरकार प्रमुखको जिम्मेवारी दिएको हो ।
–अल बसिरले प्रधानमन्त्री चयन भएलगत्तै विदेशमा रहेका देशवासीलाई स्वदेश फर्किन आह्वान गरेका ।
–सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित हुन पुगेका ।
३.सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा कति धारा रहेका छन् र?
.१०
–विसं २००७ साउन १६ गते तदनुसार इस्वी संवत् १९५० जुलाई ३१ तारिखका दिन यो सन्धिमा हस्ताक्षर (काठमाडौँमा) भएको ।
४.स्ट्यन्डर्ड चार्टर्ड बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा नियुक्त हुने पहिलो नेपाली को हुन् ?
.गोरख राणा
–सन् २०२५ जनवरी १ तारिखदेखि लागु हुने गरी उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका ।
–राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुति शाहका श्रीमान् हुन् ।
५. झापाको दमकमा निर्मित १८ तले दमक भ्यु टावर (बिजनेस कम्प्लेक्स) को उद्घाटन कहिले भएको हो ?
.विसं २०८१ मङ्सिर २३
–२०७६ असार २६ मा ठेक्का सम्झौता भएको भ्यु टावरको निर्माण गत वर्षको माघमा सकिएको थियो ।
–यसको निर्माण लागत एक अर्ब ६३ करोड ५४ लाख रुपियाँ रहेको सहरी विकास मन्त्रालयले जनाएको ।
–भ्यु टावर दृश्यवलोकनका साथै व्यापारिक, मनोरञ्जनात्मक एवं कर्पोरेटसम्बन्धी गतिविधि सञ्चालनार्थ प्रयोग हुने बताइएको ।
६. मेजर लिग सकर (एमएलएस) को सर्वोत्कृष्ट खेलाडी २०२४ को अवार्ड जित्ने खेलाडी को हुन् ?
.लियोनल मेसी
–मेसीले मेजर लिग सकरकै मस्ट भ्यालुएबल प्लेयरको अवार्ड जितेका ।
–उनले बालोन डिओर आठ पटक, फिफा बेस्ट प्लेयर आठ पटक, स्पेनिस ला लिगका सर्वोत्कृष्ट खेलाडीको अवार्ड सात पटक, युइएफए प्लेयर अफ द इयर, च्याम्पियन्स लिगका सर्वोत्कृष्ट खेलाडी, विश्वकप, क्लब विश्वकपलगायतमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका ।
७. दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
.६७० मेगावाट
–यस आयोजनाको लागत अनुमान दुई अर्ब २० करोड डलर रहेको ।
–जलासययुक्त प्रकृतिको यो परियोजना खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा रहने ।
८. अफ्रिकी वर्ष खेलाडी–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ?
–एडेमोला लुकम्यान ९नाइजेरिया०, सन् २०२४ डिसेम्बर
९. रमेश विकल वाङ्मय पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?
.नृत्यशास्त्री भैरवबहादुर थापा
–रमेश विकल–सुशीला समाजसेवा पुरस्कार स् मासिक एक सय अभियान
–रमेश विकल सिर्जना पुरस्कार स् साहित्यकार युवराज मैनाली
–रमेश विकल बाल साहित्य पुरस्कार स् अमरकुमार प्रधान
–रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार स् चिनिमाया माझी
–रमेश विकल कला सङ्गीत पुरस्कार स् रामकृष्ण दुवाल
–दर्शनाचार्य शोध सम्मान स् कमला रेग्मी
१०. नोम चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
.प्रोफेसर गोपी उप्रेती
–काठमाडौँ विश्वविद्यालय र एसटिआर स्कोलर्स नेटवर्क अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सो अवार्डबाट उहाँलाई सम्मानित गरिएको ।