रामपुर, पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा पौष १६ देखि २३ गते सम्म धनधान्याञ्चल श्रीमद भागवत ज्ञानमहायज्ञ एवम धार्मिक महोत्सव हुने भएको छ ।
संकाय थप गर्न तथा सीपमुलक शिक्षा र छात्रावासको स्थापनाका लागि महायज्ञ गर्न लागिएको आयोजक समितिले जनाएको छ । महायज्ञ एवम् धार्मिक महोत्सव २०८१ का प्रचार प्रसार संयोजक यम बहादुर सुनारले महायज्ञ सन्चालनका लागी ३० वटा उपसमिति गठन भएको र प्रचार प्रसारका लागि आवश्यक ब्यानर लगाएत प्रचार प्रसार सामाग्री वितरण गर्ने कार्य भैरहेको बताउनुभयो ।
“क्याम्पसको चाहना : संकाय थप सीपमुलक शिक्षा र छात्रा वासको स्थापना” भन्ने मुल नाराका साथ हुन गैरहेको धनधान्यन्चल श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव २०८१ मा कथा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र सन्कल्पकर्ता चन्द्रप्रकाश बस्याल (ध्रुबशरण) को प्रवचन रहनेछ । ज्ञानमहायज्ञ एवम धार्मिक महोत्सवको प्रचारप्रसारका लागि दुर्गेश मल्ललाई संयोजक चयन गरेको छ।