खुमबहादुर पौडेल
हुमिन, पाल्पा । हुमिन महिला कृषि सहकारी सस्थाको ११ औं बार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष कमला आलेले सस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिगत र बर्तमान अवस्था तथा आगामी योजनाका बारेमा बताउनु भयो । सहकारीका कोषाध्यक्ष भगवती खनालले ४१ लाख ६५ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन र लेखा संयोजक शान्ति पराजुलीले सस्थाको यथार्थ अवस्था तथा सुधार गर्नुपर्ने कुराहरुको विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँ पालिका वडा नं. ४ हुमिनका वडा अध्यक्ष कृष्ण रायमाझीले सहकारीले महिलाहरुको चेतना र क्षमता बिकास गर्नुका साथै व्यावसायिकता र आत्मनिर्भरता तर्फ जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रम्भा गाउँ कार्यपालिका सदस्य भोज बहादुर बि क, नेपाली कांग्रेसका चेतनारायण श्रेष्ठ , नेकपा एमालेका नर बहादुर सारु, श्रमिक कम्युनिष्ट पार्टीका मानध्वज श्रेष्ठ , वडा कार्यालय हुमिनका सहायक मिलन काफ्ले , शान्ति प्राथमिक बिद्यालयका प्रधानाध्यापक अञ्जु खनाल , सस्थापक अध्यक्ष नारायणी खनाल , सुबि बि क , जुठिमाया नेपाली लगायतले शुभकामना दिदै सहकारीले हुमिनको टोल बस्तीमा पारेको सकारात्मक प्रभावका बारेमा चर्चा गर्नु भयो ।

यसै अवसरमा सम्पुर्ण शेयर सदस्य मध्येबाट कृषि प्रबिधितर्फ सीता देवी पौडेल र पशुपालनतर्फ उमा रायमाझीलाई सम्मान गरिएको थियो । सस्थाका सचिव मनरुपा बिस्वकर्माको संचालन, उपाध्यक्ष यमकला खनालको स्वागत तथा अध्यक्ष कमला आलेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।