बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ ।

त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम भएको अक्सफोर्डलाई २५ हजार, द्वितीय हुने एभरेष्टलाई १५ हजार, तृतीय हुने इन्टलेक्च्यूअललाई १० हजार र सान्त्वना हुने कान्तिलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । हिजै खुला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता समेत भएका थिए ।

मेलामा आज आईतबार गायक राजनराज सिवाकोटी, लोक तथा दोहोरी गायक वैकुण्ठ महत, विष्ण श्रीपाली, लोकेन्द्र सापकोटा, मिसन भुसाल, हास्य कलाकार विष्णुजी पाण्डे, डान्सर साहिर केसी लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै खुल्ला लोक दोहोरी प्रतियोगिता र डान्स च्याम्स अफ बुटवल समेत सञ्चालन हुनेछ ।