चिदीपानी, पाल्पा । माथागढी गाँउपालिका-१ चिदीपानीमा “बालमैत्री स्थानीय शासन” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता लगायतका बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्न उक्त अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको शहजिकरण प्रशिक्षक सौभाग्य माबिका प्र.अ तथा शिक्षा समिति सदस्य कृष्ण प्रसाद खनाल र चिदीपानी स्वास्थ्यचौकी प्रमुख ध्रुव सुनारले गर्नु भएको थियो । अभिमुखिकरण कार्यक्रममा सहभागी भेलाले निर्देशिका बमोजिमको वडा स्तरिय समिति समेत गठन गरेको छ । यस्तै टोल स्तरको भेला गरि बालक्लब निर्माण गरी बालमैत्री स्थानीय शासनका लागि आवश्यक बिभिन्न सुचक पुरा गर्न सबैपक्ष लाग्ने र बाल बिवाह लगाएतका बिभिन्न बिषयमा सचेत रहदै मिति २०८२ चैत्र मसान्तसम्म बालमैत्री वडा घोषना गर्ने निर्णय सहित सामुहिक प्रतिबद्दता पनि जनाएका छन् ।

बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानमा माथागढी गाउँपालिका निरन्तर लागि परेको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनु भयो । एक दिने अभिमुखिकरण कार्यक्रमा कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्यहरु डुकुल बहादुर गाहा, टोल बहादुर मश्राङ्गी, लिला कुमारी बिक, शिक्षा शाखा संयोजक प्रकाश पाठक, राजनितिक दलका प्रतिनिधि, बिभिन्न विद्यालयका अध्यक्ष, प्रअ , युवा क्लबका अध्यक्ष, संघ सस्थाका प्रतिनिधि, आमा समुहका अध्यक्ष , सामुदायिक महिला स्वयमसेबिकाहरु, बालबालिका र समाजसेबि बुद्दिजिबिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता वडा सदस्य लिला कु बिकको स्वागत र सचिब राजु ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो।