नवलपरासी । रामग्राम विकास कोषले आयोजना गरेको भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । कोषले पूजा विशेष समारोहको आयोजना गरि पूजा सम्पन्न गरेको हो ।

बिहीवार विभिन्न देशका भिक्षु तथा बौद्धमार्गी सहितको विशेष पूजा परित्राण गरिएको र उक्त विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पूजा गर्दै आएका कुरालाई पनि पुनस्र्थापित गर्न हात्तिद्वारा समेत धातुको पूजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराउनु भयो ।

उतm कार्यको ब्यवस्थापकिय सहयोग गर्दै आएका द प्रमिस लैण्डका अध्यक्ष निकेस अधिकारी सहितको सहभागिता रहेको थियो । स्तुपमा यसरी गरिएको पहिलो पटकको विशेष पूजाले स्थानीयबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले बताउनु भयो । उहाँले यो बर्षको धातु विशेषपुजा स्मरणिय रहने र अगामी दिनमा यस्तो पूजालाई विश्वब्यापी रूपमा लैजान अझ थप कार्यक्रमहरू गर्दै लैजाने लक्ष्य समेत रहेको जानकारी दिनु भयो । यसका लागि देशी विदेशी विभिन्न बौद्ध संघसस्थाहरूको पनि कृयाशिलता बढ्दै जाँदा आफुहरुको हौसला बढाएको समेत उल्लेख गर्नु भयो । उहाका अनुसार कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले मंसिर २७ र २८ गते सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना गरेको हो ।

त्यसै गरि हात्तीले स्तूपामा फूल चढाउने अनुष्ठानको समेत कार्यक्रम राखिएको छ । जस्ले रामग्राम स्तूपाप्रति समर्पणको एक अद्भुत र प्रतीकात्मक दृश्य देखिने छ । धम्म प्रवचन र ऐतिहासिक चर्चाका कार्यहरू गरिएको थियो । जस्ले रामग्रामको समृद्ध इतिहास, यसको भविष्यको सम्भावना, र हाम्रो साझा दृष्टिकोणबारे आध्यात्मिक नेताहरू र विशेषज्ञहरूद्वारा विशेष जानकारी गराइएको थियो । जुन अभूतपूर्व कार्यक्रम रामग्राम बिकाश कोष द्वारा आयोजित भएको दाबी गरिएको छ । संस्था हाम्रो पवित्र सम्पदाको संरक्षण, रामग्रामलाई विश्वस्तरमा प्रवर्धन गर्ने, र यसलाई नेपालको सांस्कृतिक र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निरन्तर कार्यरत रहेको छ ।

रामग्राम स्तुपमा स्वयं भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ र अर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो ।