माया राना
जल्पा, ढोलीमारा । साहारा स्वावलम्बन महिला उपहार समूह ढोलीमाराको लागि सञ्चालित ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ ।
तालिममा उपहार आदान प्रदानको महत्व र आवश्यकता, सदस्यहरुको उत्तरदायित्व र जिम्मेवारी, मिलिजुली सहकार्य गर्ने, दीगोपन र आत्म निर्भर हुने सीप, पशुपालन र श्रोतको उचित व्यवस्थापन, नेतृत्व शैली तथा आफ्नो दैनिकि व्यवहार कसरी परिचालन गर्ने लगायतका १२ वटा आधारशिलाकासिद्धान्तसीपहरुको बारेमा जानकारी गराईएको थियो ।

तालिमको शहजिकरण समाज उत्थान सहयोग केन्द्रका कार्यक्रम संयोजक राजकुमार आले, सामुदायिक सहजकर्ता डिला आचार्य र रबिन्द्र पंगेनीले गर्नु भएको थियो ।
‘भोकालाई एक छाक खाना होइन, जिउने जुक्ति सिकाउ ‘ भन्ने नारा रहेको हेफर प्रोजेक्ट्को साझेदारी कार्यक्रम अन्तर्गत पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रको सहजिकरणमा तालिम आयोजना गरिएको हो । साहारा स्वावलम्बन महिला समुहमा आबद्ध २४ जना महिलाहरुको सहभागिता रहेको तालिम समुहका अध्यक्ष फनि सरा सारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।