२१ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुग्नु भएको छ । उहाँ आज राष्ट्रपति पौडेल उपचाररत रहेको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर राष्ट्रपतिको स्वास्थ्यवस्थाबारे जानकारी लिनु भएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नु भयो ।

प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा संलग्‍न चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीले जानकारी लिनु भएको थियो । मंसिर १९ गते अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी समस्याको शल्यक्रिया भइसकेको छ । अहिले उहाँको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।