दमकडा, पाल्पा । माण्डव्य क्याम्पस तानसेन-९ दमकडा पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै संस्थापक क्याम्पस प्रमुख राधाकृष्ण शर्माले उच्च शिक्षाका लागि माडी भेगका विद्यार्थीले पाएको दु:ख देखेर माण्डव्य क्याम्पसको स्थापना गरेको स्मरण गर्नु भयो । उहाँले यस क्याम्पसले हजारौंलाई शिक्षित र दीक्षित गरिरहेकोमा प्रशन्नता समेत व्यक्त गर्नुभयो ।

सभाले चालु वर्षका लागि ८० लाख ८० हजार बराबरको वजेट तथा कार्यक्रम र गत वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । वार्षिकोत्सवको अवसरमै सम्पन्न क्याम्पस सभाले सोमप्रसाद पाण्डेयलाई पुन: क्याम्पसको नयाँ सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा सोमनाथ अर्याल, सदस्यहरूमा नारायणप्रसाद अधिकारी, मिनप्रसाद बन्जाडे, हरिसुमर रेग्मी, यमकुमारी बौडेल, रमा घर्ती, शान्ति बस्याल, विनिता लुइँटेल र रूद्र बस्याल चयन हुनु भएको छ । यस्तै सदस्य सचिवमा क्याम्पस प्रमुख प्रकाश पंगेनी रहनुभएको छ ।
