१. नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा स्पोर्टस् अवार्ड, २०८० को वर्ष खेलाडी कसलाई घोषणा गर्‍यो ?

.पुरुषतर्फ: रोहितकुमार पौडेल (क्रिकेट) र महिलातर्फ: एरिका गुरुङ (कराँते)
–वर्ष उत्कृष्ट प्रशिक्षक: कराँतेका कुशल श्रेष्ठ
–युवा वर्ष खेलाडी: हेमन्त पाल (भारोत्तोलन)
–पिपुल्स च्वाइस अवार्ड: कविता भट्ट (भलिबल)
–एनएसजेएफ पारा एथलेट अवार्ड: पलेशा गोवर्धन
–लाइफटाइम अचिभमेन्ट अवार्ड: क्रिकेटका विनयराज पाण्डे (नेपाल क्रिकेट सङ्घका संस्थापक महासचिव)
–एनएसजेएफ स्पेसल अवार्ड: कुमार राई (प्रशिक्षक, भलिबल)
–एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड: हि दोङ जङ (अध्यक्ष: एआइपिएस एसिया)
–टिम अफ दि इयर: नेपाली महिला कबड्डी टोली ।

२. विश्वमै पहिलो पटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गर्न सफल व्यक्तित्व को हुन् ?

.सुरेन्द्र राई र सुसन तामाङ

–सुरेन्द्र र सुसनले २०८१ जेठमा सोलुखुम्बुस्थित कालापत्थरमा ५४४१ ९१७,८५१ फिट उचाइमा नृत्य गरेका थिए ।

३. भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीको निधन कहिले भएको हो र?

.सन् २०२४ सेप्टेम्बर १२

४. दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन प्रतिनिधि सभाबाट कहिले पारित भएको हो ?

.विसं २०८१ भदौ २५

–राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक भाद्र २५ मा प्रतिनिधि सभाबाट पारित भएको हो ।

–प्रमाणीकरण भएको ३१ औँ दिनबाट कार्यान्वयनमा आउने गरी संसद्ले विधेयक पारित गरेको हो ।

–रूपान्तरित संस्थाको मुख्य कार्यकारी अङ्ग कार्यकारी समितिको अध्यक्ष चयनमा लोक सेवा आयोगको संलग्नता हुने छ ।

५. बागवानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?

.मुकुन्द रञ्जित

६. स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन कहिले गरिने भएको छ ?

.विसं २०८१ मङ्सिर १६

– विसं २०८१ भदौ ३० को मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।

–स्थानीय तह निर्वाचन ऐनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, कुनै पनि पालिकाका प्रमुख र उपप्रमुख तथा वडाअध्यक्षलगायतको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदकोे पूर्ति उपनिर्वाचनद्वारा हुने व्यवस्था गरेको छ ।

७. विसं २०८१ भदौ ३१ को संवैधानिक परिषद्को बैठकले प्रधान न्यायाधीशमा कसलाई सिफारिस गर्ने निर्णय गर्‍यो ?

.प्रकाशमान सिंह राउत

८. राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ?

.असोज १

–१२ औँ ९२०८१० को नारा विज्ञान तथा प्रविधि स् विकास र उत्पादन वृद्धि

९. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

.असोज २

–२०८१ को नारा स् ज्ञान, विज्ञान, सिप उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता

–अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने निर्णयबमोजिम प्रत्येक वर्ष
असोज २ गतेका दिन यो दिवस मनाउन थालिएको हो ।

१०. युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गत बेस्ट बैङ्किङ नेपाल र बेस्ट बैङ्किङ इएसजी ९वातावरण, सामाजिक र सुशासन० नेपाल गरी दुई विधामा सम्मानित हुन सफल नेपाली बैङ्किङ कुन हो ?

.ग्लोबल आइएमइ बैङ्क ९सन् २०२४ सेप्टेम्बर०

–सन् २०२४ सेप्टेम्बर १२ मा सिङ्गापुरमा आयोजित एक समारोहमा युरो मनी म्यागेजिनका प्रतिनिधिद्वारा बैङ्किङका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख
कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई सो अवार्ड हस्तान्तरण गरिएको हो ।

–यस अघि पनि ग्लोबल आइएमई बैङ्कले ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२२–बेस्ट बैङ्क नेपाल प्राप्त गरेको थियो ।

–सन् १९९२ मा युरो मनी म्यागेजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको प्रतिष्ठित अवार्ड हो ।