रामपुर, पाल्पा । रामपुर नगरपालिका–८, झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न भएको छ।
स्थानीय नागरिकलाई घरदैलोमै विभिन्न सरकारी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा, कृषि तथा पशु स्वास्थ्य र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको थियो ।
शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४२ जना लाभग्राहीको बायोमेट्रिक नवीकरण गरिएको छ। त्यस्तै, ५६ जना कृषकका ५७ वटा भैंसीका पाडा, ४०१ वटा बाख्रा र १६ वटा बंगुरलाई जुका, माटे तथा उपियाँको औषधि वितरण गरिएको थियो । शिविरमा ५८ जना ज्येष्ठ नागरिक तथा टोलवासीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।
शिविरबाट स्थानीय नागरिकले आफ्नै टोलमा विभिन्न सेवा प्राप्त गर्न सहज भएको बताएका छन् । कार्यक्रमका सम्बन्धमा वडा सचिव वासुदेव ढकालले जानकारी दिनु भयो ।