ललितपुर । मगर राष्ट्रसेवक कर्मचारी समाज नेपालले विगतका वर्षमा जस्तै यस वर्षपनि मगर समुदायबाट राष्ट्रसेवक कर्मचारी सेवामा प्रवेश गरेका नवप्रवेशी कर्मचारीहरूलाई सम्मान गरेको छ ।
ललितपुरको जावलाखेलस्थित रिडी लाउन्जमा सम्पन्न सम्मान तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न तहमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका मगर समुदायका कर्मचारीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित हुनुहुने सहसचिव विजय राना मगर, शाखा अधिकृत पवित्रा राना, शाखा अधिकृत थमि थापा मगरसहित कृष्ण बहादुर थापा मगर, हिमाल थापा मगर, राम बहादुर थापा मगर, सागर राना मगर, निर्वाण रैका मगर, विकास मगर, प्रमिसा राना मगर, कृष्ण बहादुर पुन मगर, जुनकुमारी बुढा मगर, आत्मराम पुन मगर, अमृत थापा मगर, टोप बहादुर दर्लामी मगरलाई प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापाले प्रसंशा पत्र प्रदान गर्नु भएको थियो ।
यस्तै मिलन सारू मगर, कुमार राना, हिमाल घर्तिमगर, सपना सूर्यवंशी मगर, सोनु थापा मगर, केशव थापा मगर, सुशील पुन मगर, सलोचना थापा मगर, वरिष्ठ मुद्रण सहायक बब्ली निता मगर, मुद्रण अधिकृत लेकिन बालम्पाकि मगर, सब–इन्जिनियर प्रशन्ना तारमी मगर समेत सम्मानित हुनु भएको थियो । कार्यक्रममा मगर राष्ट्रसेवक कर्मचारी समाज नेपाललाई आर्थिक सहयोग गर्नुहुने वरिष्ठ समाजसेवी दिल बहादुर थापा मगरलाई समेत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय जनजाति समुदाय, विशेषगरी मगर समुदायका युवाहरू लोकसेवा तथा राष्ट्रसेवक क्षेत्रमा उल्लेख्य रूपमा अघि बढ्दै गएको बताउदै यस प्रकारको सम्मान र हौसला प्रदानले नयाँ पुस्ताको मनोबल अझ बलियो बनाउनुका साथै लोकसेवा आयोगमार्फत सरकारी सेवामा प्रवेश गर्ने प्रेरणा बढाउने र मगर समुदायका भाइबहिनीहरूलाई राष्ट्रसेवक बन्न थप उत्साहित गर्ने विश्वास व्यक्त गर्नु भयो । यस्तै राष्ट्रसेवकको रुपमा प्रबेश गरेका मगर कर्मचारीहरु आफ्नो काम र जिम्मेवारी प्रति ईमान्दार भएर दक्षता हासिल गरी प्रभावकारी सेवा प्रभाव तथा कार्यसम्पादनबाट अब्बलता प्रस्तुत गरी नयाँ सन्देश दिन अग्रसर हुनु पर्नेमा जोड समेत दिनु भएको थियो ।

कार्यक्रममा सहभागीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै शिक्षित युवा पुस्तालाई प्रतिस्पर्धी परीक्षातर्फ केन्द्रित गराउन समुदायस्तरबाट थप पहल आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष रक्षा रैका मगर, समाजका सल्लाहकार डा. चित्रबहादुर बुढाथोकी मगर, जगत बहादुर रेश्मी मगर, गौबहादुर आले मगर, सहसचिव उदय रानामगर, सहसचिव शंकर बुढाथोकी मगर लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । मगर राष्ट्रसेवक कर्मचारी समाज नेपालका अध्यक्ष खिम बहादुर राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिपक थापा मगरले गर्नु भएको थियो । मगर राष्ट्रसेवक कर्मचारी समाज नेपालले विगत केही वर्षदेखि नै लोकसेवा केन्द्रित विभिन्न रचनात्मक कार्यक्रमहरु र यसप्रकारका सम्मान कार्यक्रम गर्दै आईरहेको छ ।