तानसेन, पाल्पा । पाल्पा आवासीय माध्यमिक विद्यालय तानसेन पाल्पाको ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय गणित विज्ञान रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगितामा सेन्ट कपितानियो स्कुल तानसेन प्रथम भएको छ ।
१३ विद्यालय सहभागी भएकोमा उक्त प्रतियोगितामा जनता मावि तानसेन द्वितीय र माउण्ट भ्याली स्कुल माथागढी तृतीय भएका भए । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, प्रमाणपत्र, मेडल तथा पाँच हजार नगद प्राप्त गरेको थियो । त्यस्तै दोस्रो हुने विद्यालयले तीन हजार, मेडल, प्रमाणपत्र र तृतीय हुने विद्यालयले दुई हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
गत वर्षदेखि सुरू भएको शिल्डको उपाधि पहिलो वर्ष तानसेनस्थित बेथल सेकेण्डरी स्कुलले प्राप्त गरेको थियो । विद्यार्थीहरुमा गणित तथा विज्ञान शिक्षणतर्फ थप अभिप्रेरित गर्ने उद्देश्यले उक्त रनिङ शिल्ड संचालन गरिएको विद्यालयका प्रअ गोपाल जिसीले जानकारी दिनु भयो । उहाँले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसंगै प्रयोगात्मक शिक्षा र समसामहिक विषयका बारेमा जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आइएको बतानु भयो ।
दुई चरणमा चलेको कार्यक्रमको शहजिकरण विद्यालयका शिक्षक क्षितिज नेपाल, सुमन न्यौपाने र सुस्मा श्रेष्ठले गर्नु भएको थियो । प्रतियोगिता अतिरिक्त क्रियाकलापका प्रमुख क्षितिज नेपालको संचालनमा सम्पन्न भएको थियो ।