पोखरा । गण्डकी प्रदेश सभाले पारित गरेको दुई विधयेक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई वटा विधयेक प्रमाणीकरण गर्नु भएको हो ।
गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।
गण्डकी प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको हो । विधयेक प्रमाणीकरण भएसंगै अब ऐनको रुपमा कार्यान्वयन हुनेछ ।