विक्रम वारघरे
कोलोराडो, अमेरिका । मगर संघ अमेरिका कोलोराडो च्याप्टरले अमेरिकाले ब्रेन ट्युमर पिडित श्रीमती तिल माया थापा मगर तथा आन्द्राको क्यान्सर पिडित उहाँका श्रीमान हेम बहादुर थापा मगरलाई उपचार्थ ३ लाख ४६ हजार (२,५५५.९९ अमेरिकी डलर) वढी सहयोग गरेको छ ।
उक्त उपचार्थ सहयोग रकम स्थानीय डिलमाया थापा मगर मार्फत पिडीत दम्पतिलाई हस्तारण गरिएको थियो । मगर संघ अमेरीकाले विगतका समयमा अन्य व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको र अहिले पिडीत दम्पतिको उपचार सहयोगार्थ रकम पठाईएको कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले वताउनुभयो । उहाँले रकम संकलनमा सहयोग गर्ने सहयोगिहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा च्याप्टरले अरुलाई पनि सहयोग गर्ने वताउनुभयो ।

तनहुँ जिल्ला, ब्यास नगरपालिका वार्ड नम्बर १४ निबासी हेम बहादुर थापा मगर आन्द्राको क्यान्सर पिडित र उहाँको श्रीमती तिल माया थापा मगर ब्रेन ट्युमरबाट पिडित हुनुहुन्छ । उहाँहरुको परिवारको आर्थिक अवस्था असाध्यै कमजोर रहेको र दुवैजना गम्भीर रोगबाट ग्रसित हुनु भएकोले सवैसँग सहयोग अपिल समेत गरिएको छ ।