तानसेन, पाल्पा । क्रिएटिभ कम्प्युटर कन्सल्टले सञ्चालन गरेको विद्यार्थीहरुसँग शैक्षिक परामर्श (वृत्तपथ अभिमुखीकरण) कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरूले कुन सीप र शिक्षा सिक्दा राम्रो हुन्छ साथै अहिलेको परिस्थितिमा आफूलाई बजारमा बिकाउन के गर्नु पर्छ भन्ने विषयमा जनाकार गराउने उद्धेश्यका साथ
अभिमुखीकरण तालिमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष अर्जुन घिमिरेले बताउनु भयो ।

सो कार्यक्रममा बोल्दै दमकडा माध्यमिक विद्यालयका शिक्षक धनपति गैरेले विद्यार्थीको सफल र समृद्ध भविष्यका लागी क्रिएटीभीटी आवश्यक पर्ने बताउनु भयो । अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक सुशीला पौडेलले जीवनको मार्गमा आफ्नो वृत्त पथ छनोट गर्दा आफ्नो खुबी र रुचिलाई बुझेर मात्र रोज्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो करियर बनाउने क्रममा विभिन्न परिस्थितिहरूसँग सामना गर्नका लागि ब्याकअप सिपको विकास गर्न अत्यावश्यक हुने उल्लेख गर्दै यदि यसो भएन भने आफू मार्केटमा बिक्न गाह्रो पर्ने बताउनु भयो । उहाँले आफ्नो जीवन र वृत्तिलाई सार्थक बनाउन पहिले आफूलाई बुझ्नुपर्ने अनि मात्र कामको संसारलाई बुझेर त्यसमा आफ्नो वृत्ति विकासलाई अगाडि बढाउनुपर्नेमा जोड लिनु भयो ।

यस अभिमुखीकरण कार्यक्रममा सहभागी भए पश्चात आफ्नो व्यक्तित्व विकास र वृत्ति छनोटमा धेरै सहजता प्रदान भएको कार्यक्रमका सहभागीले बताए । क्रिएटिभ कम्प्युटर कन्सल्टका प्रबन्धक अर्जुन घिमिरेको प्रमुख अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति २०८१ चैत्त २० गते बुधबार