तानसेन, पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा विद्यालयमा कार्यरत स्वास्थ्य विषय शिक्षक तथा विद्यालय नर्सहरुको लागि स्वास्थ्य तथा पोषण सम्बन्धि तालिम तानसेनमा सम्पन्न भएको छ ।

तालिममा शिक्षा विकास तथा समन्वय इकाईको समेत समन्वयमा सञ्चालित उक्त ३ दिने तालिममा विद्यालय स्वास्थ्य कार्यक्रम, पोषण तथा खाद्य स्वच्छताको विषयमा प्रशिक्षण गरिएको थियो । तालिममा स्वास्थ्य कार्यालय पाल्पाका विश्वनाथ न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत बसन्तराज भट्टलगायतले सहजिकरण गर्नुभएको थियो ।

तालिममा १० वटा पालिकाका ३० जनाको सहभागिता रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।