तानसेन, पाल्पा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ।

नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमालेमा नरहने बताउनु भएको हो । एमालेलाई श्रेष्ठता हासिल गर्नेगरी काम गर्न कार्यकर्तालाइ निर्देशन दिनु हुदैउहाँले श्रेष्ठ बन्नका लागि सक्रियता, पहलकदमी रजनसेवा गर्दै अनियमितता तथा भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिनुभयो । विकास निर्माण काम देखिने गरी गर्नुपर्नेमा जोड दिँदै , उत्पादनमा जोड्ने काम अहिलेको अपरिहार्य आवश्यकता भएको र स्वरोजगार बनाउने खालका कार्यक्रम गर्नुपर्ने भन्दै आफु पनि स्वरोजगार हुन कार्यकर्तालाइ सुझाउनु भयो ।

नेकपा एमालेका बरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले अहिले केहीपक्षले यो सरकार आज भोलि नै ढल्छ भनेर गलत प्रचार गरेपनि, यो सरकार पुरा अवधीसम्म चल्ने बताउन भयो । हरेक निर्वाचनमा मुख्य प्रतिस्पर्धी दल नेपाली काग्रेस भएपनि ऐतिहासिक परिवर्तन जोगाउन र मुलुकलाई संकटबाट बचाउन एमाले र काग्रेस विच सहकार्य भएको भन्दै उहाँले काग्रेस र कम्युनिष्टको सहकार्य आजमात्र नभई २००७ सालमा प्रजातन्त्र ल्याउन, २०३६ सालको जनमत संग्रह, २०४६ सालको बहुदल ल्याउन, २०६२, ०६३ को जनआन्दोलन र २०७२ सालमा नयाँ संविधान घोषणा जस्ता राजनितिक उपलब्धीहरु ल्याउन महत्वपूर्ण सहकार्य भएको जिकिर गर्नु भयो ।

पाटी प्रशिक्षण कार्यक्रममा एमाले पोलिटिव्युरो सदस्य ठाकुर प्रसाद गैरेले वडा स्तरीय कार्यक्रमले पाटीलाई चुस्तदुस्त, फुर्तिलो, जनतामैत्री, विकासमैत्री, समावेशीमैत्री एमाले पाटी बनाउने बताउनु भयो । २०८१ चैत्र मसान्त भित्र साविकका गाविसहरुका सबै वडाहरुमा एमालेको अभियान पुग्ने र जनताको घर घरमा एमाले पुग्ने अयिभान शुरु भएको नेता गैरेले जानकारी दिनु भयो ।

। नेकपा एमाले लुम्विनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले पाटीमा पद अनुसारको जिम्मेवारी पुरा नगर्ने पदाधिकारीहरुको आगामी दिनमा मुल्याङ्कन गरी जिम्मेवारी नदिने बताउनु भयो । कार्यक्रममा पाल्पाका १० पालिका, ८१ वटै वडा, जिल्ला कमिटी, क्षेत्रिय कमिटीका पाटी सदस्यहरु, एमाले बाट निर्वाीचत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्‌लेको स्वागत र सचिव रामजी पोखरेलको संचालनमा भएको थियो ।