रामपुर, पाल्पा । रामपुर नगरपालिका रामपुर पाल्पाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको छ

योग प्रशिक्षण कार्यक्रमको समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ जीवन र स्वच्छ समाज निर्माणका लागि योग साधनाको आवश्यकता रहेको बताउनु भयो । उहाँले स्वस्थ जीवन र स्वच्छ मस्तिष्कले मात्र स्वस्थ समाज निर्माण हुने उल्लेख गर्नु भयो । उहाँले विद्यार्थीहरुलाई योग साधना सम्बन्धी ज्ञान विद्यालय शिक्षणको क्रममा प्रदान गर्नका लागि शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रम गरेको बताउनु भयो । भौतिक पूर्वाधार मात्र विकास नभएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा शिक्षणको क्रममा योग साधना सिकाई स्वस्थ मस्तिष्कको विकासका लागि कार्यक्रम आयोजना गरेको बताउनु भयो । साथै नगर प्रमुख थापाले अब विद्यालयमा योग सम्बन्धी कक्षा शिक्षण गर्न आग्रह समेत गर्नु भयो ।