काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा घाइते बन्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना हुनु भएको छ । पोखरा भ्रमण वर्षको उद्‍घाटन कार्यक्रममा बेलुक उडाउन क्रममा पड्किदा अर्थमन्त्री पौडेल र र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनु भएको थियो ।

अर्थमन्त्री पौडेललाई तत्कालै पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहनुसार उहाँलाई काठमाडौं ल्याइएको थियो।आगोका कारण अर्थमन्त्रीको स्वास्थ्यमा केही असर परेको उहाँको सचिवालयले जानकारी दिएको छ।

त्यस्तै सोही घटनामा घाईते हुनु भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याईएको छ। उहाँको कपाल र अनुहारको केही भाग जलेको  छ।