देवीनगर, पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाले सञ्चालन गरेको एकिकृत घुम्ती शिविर वडा नं. ४ देवीनगरमा सम्पन्न भएको छ ।

शिविरको तेस्रो दिन देवीनगरमा ७१ वटा व्यवसाय दर्ता नविकरणबाट ५९ हजार ५ सय राजस्व संकलन भएको छ । यस्तै ५ वटा योजना संझौता, ११ वटा बैंक खाता खोल्ने काम, पशु स्वास्थ्य सेवा अन्तर्गत ४५ कृषकहरूका ५ सय ८० पशुपंक्षिहरूलाई परजीवी नियन्त्रण औषधि वितरण गरिएको थियो ।

स्वास्थ्य परिक्षण, परिवारयोजना तथा प्रजनन रूपान्तरण स्वास्थ्य शिविर अन्तर्गत १५ जनाले इम्प्लान्ट सेवा, ८८ जनाले भिआईए सेवा र ६ जनाले आङ खसेको सम्बन्धी सेवा तथा परामर्श लिएको प्रबक्ता मेहर सिं थापाले जानकारी दिनु भयो ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले नागरिकलाई घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडालाई पायक पर्ने गरि शिविर सञ्चालन गरिएको बताउनु भयो । पूर्वखोला गाउँपालिकाको वडा नं. १ सिलुवबाट शुरु भएको यो शिविर वडा नंं ५ विरकोटमा पनि सम्पन्न भईसकेको छ भने फाल्गुणको ४ गते वडा नं. २ को जल्पामा र फाल्गुण ६ गते वडा नं. ६ को हेक्लाङमा सञ्चालन हुनेछ ।