काठमाडौं । मगरका भाषा–साहित्य र संस्कृति लगायत विविध विषयमा पठनपाठन हुनेगरी नेपालमा पहिलो पटक नेपाल खुला विश्वविद्यालयले स्नातक तहमा “Magar Studies” विषयको लागि भर्ना खुलाएको छ ।

चार वर्षे (आठ सेमेष्टर) बिए तहमा दुईवटा मेजर विषय हुनेमा एउटा Magar Studies र अर्को Sociology हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले यही माघ ४ गते प्रकाशन गरेको सूचनामा Magar Studies जस्तै Tamang Studies, Kirat Studies, Newa: Studies र Islamic Studies को समेत अध्ययन गर्न सकिने उल्लेख गरेको छ ।

विश्वविद्यालयले जारी गरेको सूचनामा भर्ना आवेदकहरुले विश्वविद्यालयको वेवसाईट www.nou.edu.np मा रहेको Student Panel मार्फत Online भर्ना आवेदन फारम भर्न सकिने जनाएको छ ।  यस्तै भर्ना आवेदन फारम मिति २०८१ माघ ६ गते देखि २०८१ फाल्गुण ५ गते सम्ममा भरीसक्नु पर्ने जनाएको छ भने प्रवेश परीक्षा सम्बन्धी जानकारी पछि दिने उल्लेख गरेको छ ।  भर्ना आवेदन बापत लाग्ने एक हजार रुपैयाँ खुला विश्वविद्यालयको नाममा ग्लोवल आईएमई वैंक लिमिटेड कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ००५०१०१००००५०२ मा जम्मा गरी सोको भौचर Scan गरेर आवेदन साथ Upload गर्न समेत भनेको छ ।

यो सूचना जारी भएसँग नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर लगायत मगर सामाजिक व्यक्तित्व र मगर अभियान्ताहरुले विभिन्न सामाजिक सञ्चार माध्यमहरु मार्फत धेरै भन्दा धेरै मगर विद्यार्थीहरुमा सुचना प्रवाह गर्न तथा उक्त Magar Studies विषयमा चासो दिएर भर्ना हुन सवैलाई अनुरोध गरेका छन् । साथै मगर भाषाको पनि अध्ययन हुनु पर्छ भनेर ४/५ बर्ष देखि निरन्तर अभियानमा लागिरहनु हुने अभियन्ताहरुलाई आदिवासी प्राज्ञिक प्रतिष्ठान र मगरसंघले धन्यवाद ज्ञापन गरेको छ । यो Magar Studies विषय अनलाईनबाट पठनपाठन हुने भएकोले देश विदेश एवं दुरदराजमा रहनुहुने सबैलाई पढ्न सहज हुनेछ ।