करोडौमा मलाई नै, जिवनसाथी चुन्छौ कि त
जूनी जूनी सातै जूनी, तिमी मेरी हुन्छौ कि त
जाडो भो यो जिन्दागानी, बाफिनु छ अलिकति
यादको धागो बटुलेर, एउटा स्विटर बुन्छौ कि त
जूनी जूनी सातै जूनी, तिमी मेरी हुन्छौ कि त
असङ्ख्य छ अव्यक्त भाव, रुमानी छन् चाहहरु
मनको कुरा भन्छु मैले, ध्यान दिएर सुन्छौ कि त
जूनी जूनी सातै जूनी, तिमी मेरी हुन्छौ कि त
मायावी ती भाका हाली, सुफियाना एकान्तमा
मुर्झना भई भावहरुले, अन्तरतह छुन्छौ कि त
जूनी जूनी सातै जूनी, तिमी मेरी हुन्छौ कि त
मनलाई थाम्न नसकेर, वायुवेगको रफ्तार गरी
अङ्गालेर यो अभिलाई, पगली भई रुन्छौ कि त
जूनी जूनी सातै जूनी, तिमी मेरी हुन्छौ कि त
करोडौमा मलाई नै, जिवनसाथी चुन्छौ कि त
जूनी जूनी सातै जूनी, तिमी मेरी हुन्छौ कि त।
(पूर्वखोला गाउँपालिका-२, पाल्पा)