एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटका उपभोक्ताहरुको लागि
उत्पादित वस्तुको गुणस्तर र लेबलिङ्ग  सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रम्भा गाउँपालिका २ नं. वडा कार्यालयको सभा हलमा सञ्चालन भएको सो कार्यक्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ सम्बन्धी जानकारीका साथै वस्तुको गुणस्तर र लेबलिङ्गको अर्थ बारे छलफल चलाईएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेल तथा खाद्य निरीक्षक नरेश श्रेष्ठले शहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा फोक्सिङ्गकोटमा सञ्चालित पसल धनीहरु, रानीबास सामुदायिक होमस्टेका सञ्चालकहरु, उपभोक्ता लगायतका ३५ जना व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा २ नं. वडाका वडाध्यक्ष चेतबहादुर सुनारीले अबका उपभोक्ता सचेत र अनुशासित उपभोक्ता हुनुपर्ने बताउँदै बजारमा पाईने खाद्यान्न, वस्तु तथा सेवाको गुणस्तरका विषयमा पूर्ण रुपमा जानकार भएर मात्र उपभोग गर्नुपर्ने धारणा राख्नु भएको थियो ।