पाल्पा । मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड तानपा ९ तिन्टीआँप पाल्पा लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभाको अवसरमा उक्त सहकारीलाई उत्कृष्ट प्रादेशिक सदस्यको रुपमा सम्मान गरेको हो । सहकारीले सहकारीको विकास, प्रवर्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उत्कृष्ट सहकारकिो रुपमा सम्मान गरिएको बैंकले जनाएको छ ।
सम्मानपत्र बुझेपछि सहकारी सस्थाका घनश्याम अध्यक्ष घिमिरेले यस प्रकारको सम्मानले सहकारी अभियानमा आफुहरुलाई थप सक्रिय भएर लाग्न प्रेरणा मिलेको बताउनु भयो ।