बुटवल । कालिका क्याम्पस बुटवलको ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत गरिएको रक्तदान कार्यक्रममा १ सय २ पोइन्ट रगत संकलन भएको छ ।

ऋषिराम डुम्रेको अध्यक्षता भएको रक्तदान कार्यक्रममा क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, उपाध्यक्ष नित्यानन्द ज्ञवाली, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतको सहभागीता रहेको थियो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै निशुल्क आँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका छन भने १ सय ३ जनाले दन्त परिक्षण गराएका छन । नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र बिज्ञान अध्ययन सस्थान, श्री रणअम्बिका आँखा अस्पताल र सिटि हव डेन्ट्लले आँखा तथा दन्त जाँचको सहजीकरण गरेको कार्यक्रम संयोजक इवराज तिवारीले जानकारी दिनु भयो ।

बार्षिक उत्सवकै अवसरमा बृहत प्रदर्शनी समेत भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले समाज परिवर्तन, सामुदायिक बिकास, प्रबिधि, बजार लगायत बारेमा प्रदर्शनी गरेका थिए । अन्तर क्याम्पस स्तरीय वादविवाद प्रतियोगितामा प्रथम न्यु लाइट कलेजका सुधा खराल द्वितीय बुटवल बहुमुखी क्याम्पसक्कि सलिना अर्याल र तृतीय सिद्धार्थ गौतमबुद्ध क्याम्पस मोनिका तामाङ भएको कार्यक्रम संयोजक शर्मिला पाण्डेले जानकारी दिनु भयो ।

बेलुन फुकाउने, भलिबल, डोरी तान्ने, कबड्डी, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु समेतगरिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशमराज शर्माले जानकारी गराउनु भयो । वार्षिक उत्सव तथा अभिभावक दिवसकोलुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले उद्घाटन गर्नु भएको थियो ।